भदौ १३ गते देखि प्रर्दशनमा आउने सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक भएको छ। हेमन्त राना र रितिका श्रेष्ठको स्वर रहेको गीतमा दयाहाङ राई, उपसना सिंह ठकुरी, कर्म शाक्य, विल्सन विक्रम राईलाई प्रस्तुत गरिएको छ।

हर्क साउदको शब्द रहेको गीतमा एस डी योगीले संगीत भरेका छन् । यो गीतलाई रेनाशा राई रानाले कोरियोग्राफी गरेकी हुन्। सिनेमामा दयाहाङ राई, उपसना सिंह ठकुरी, कर्म शाक्य, विल्सन विक्रम राईसँगै बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के राई लगायत कलाकारको अभिनय रहेको छ ।

रामबाबु गुरुङले निर्दशन गरेको सिनेमामा मनीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ । शैलेन्द्र डि कार्कीले छायांकन गरको सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।