सिनेमा ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा साम्राज्ञी र रेविकाको पुष्प प्रति प्रेमलाई दर्साइएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भुमिका रहेको छ ।

सिनेमामा उनीहरुको साथै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ। नवल नेपालले निर्देशन गरेको सिनेमालाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन्।

सिनेमाको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन्। संजय लामाले छायांकन गरेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका छन्। यो सिनेमा भदौ १३ गते देखि प्रदर्शन हुँदैछ।