म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। शनिबार यूट्युबमा सार्वजनिक भएको ‘फर्की फर्की’ बोलको गीतले दुईको प्रेमभाव देखाइएको छ। गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ। गीतमा गायक रावल स्वयंले संगीत भरेका छन्।

फिल्मी शैलीमा तयार पारिएको गीतको शब्द मिलन विष्टको रहेको छ। गीतको भिडियोको निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका हुन्। पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोमा चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेका छन्।

कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन्।