बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समयमा आलोचित तथा सामाजिक सञ्जालमा मजाकको पात्र बनेकी छन्। चर्चित रियालिटी शो कौन बनेगा करोडपतीको हट सिटमा बसेर एउटा प्रश्नको जवाफ दिन नसक्दा उनी यती बेला आलोचितका साथै मजाकको पात्र बनेकी हुन्। कौन बनेगा करोडपतिको सिजन ११ मा पुगेकी सोनाक्षीले सामान्य प्रश्नको जवाफहरु दिन नसक्दा उनी यती बेला माजकको पात्र बनेकी छन्।


उनी रुमा देवीलाई सहयोग गर्न हट सिटमा पुगेकी थिइन्। रुमा देवि भारतको परम्परागत हस्तकला आर्टिस्टको रुपमा लोकप्रिय भएकी कलाकार हुन्। जस्ले २२ हजार महिलाको जीवन बदल्न सफल भएकी थिइन्। यस कामको लागि रुमाले भारतीय राष्ट्रपति रामनाथ गोविन्दको हातबाट नारी शक्ती पुरस्कार पाइसकेकी छन्। उनैलाई साथ दिन पुगेकी सोनाक्षीले हट सिटमा रहेर सामान्य प्रश्नको जवाफ दिन नसक्दा माजक उडाइरहेको पाइन्छ।


प्रश्नको दौरानमा रामायणको अनुसार हनुमानले सञ्जीवनी बुटी कसको लागि लिएर गएको थियो ? भन्ने प्रश्नमा जवाफमा ‘राम’ भनेर दिएकी थिइन्। सही जवाफ ‘लक्ष्मण’ हुनु पर्नेमा गलत जवाफ दिएपछि यती सामान्य ज्ञान पनि नभएको भन्दै उनको मजाक उडाएका छन्। माजक उडाउने क्रममा उनलाई आलिया भट्टसंग जोडेर पनि ट्रोल बनाएका छन्।

हेर्नुहोस् उनी माथि बनेका ट्रोलहरु