गायिका गिता राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘कान्छा रे’बोलको गीत शुक्रबार सार्वजनिक भएको हो। कन्चन सिंहको शब्द रहेको गीतमा संगीत सन्तोष प्रगाढ राईको रहेको छ। गायिका राई अमेरिकामा बस्ने गर्छन्। नेपाली गीत संगीतमा आफ्नो केही गर्ने प्रयासका कारण गीत गाउने गरेको गायिका राईले बताईन्।


गीतको भिडियोमा गायिका राई र अभिनेता दिक्पाल कार्कीको अभिनय रहेको छ। म्युजिक भिडियो अनुभव बाड्दै दिक्पाल भन्छन्, ‘गीता दिदीको म्युजिक भिडियो पहिलो हो। उहाँलाई गीतमा अभिनय गर्न र नाँच्न सकिन्छ की सकिदैन भनेर निकै चिन्ता थियो र त्यो डर उहाँमा थियो। तर उहाँले राम्रो गरेर देखाउनु भएको छ। उहाँको यो प्रयासलाई हामीले सम्मान गर्नु पर्छ।’


सुवास राइको र्याप समाबेश गीतको भिडियोको निर्माता दिल रसाइली हुन्। दिलिप ओखेडाले निर्देशन गरेको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन्।